• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मस्तिष्क मृत्यु भएका मानिसको अंग दान गर्दा थप एक लाख दिने सरकारकाे तयारी

    379
    SHARES



    काठमाडौं। मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका मानिसको अंग दान गर्दा सरकारले थप एक लाख रूपैयाँ दिने तयारी गरेको छ । हाल मानव अंग प्रत्यारोपण केन्द्रले १ लाख दिँदै आएको छ। स्वास्थ्य मन्त्रालयले थप एक लाख दिने निर्णय गर्न लागेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

    मस्तिष्क मृत्युबाट हुने अंग दान सम्बन्धी जनचेतना फैलाउन योजना अघि सार्दै सरकारले मस्तिष्क मृत्यु भएका आफन्तलाई दुई लाख दिने तयारी गरेको हो ।

    त्यसैगरी, मस्तिष्क मृत्यु भएको सूचना दिने अस्पताललाई ७५ हजार दिइनेछ। ‘यसो गर्दा हामीलाई आवश्यकता अनुसार अंग संकलन गर्न सहज हुनेछं,’ मन्त्री पौडेलले भने, ‘जसले अंग लिनका लागि नाम स्वीकृत गरेको छ, त्यस्ता व्यक्तिलाई प्राथमिकतामा राख्छौं।’

    उक्त निर्णय स्वास्थ्य मन्त्रालयले शुक्रबार गर्दै छ। नेपालमा मिर्गौला, आँखाको नानी, कलेजो प्रत्यारोपण हुन्छ।

    मुटु, फोक्सो, प्यांक्रियाज र सानो आन्द्रा जस्ता अन्य अंगहरूको प्रविधि तथा जनशक्ति अभावका कारण प्रत्यारोपण सुरु हुनसकेको छैन । सरकारले मानव अंग प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपणको समन्वय एकाइ तोकेको छ ।

    अन्य अंगको तुलनामा आँखा धेरै दान भएको छ। चिकित्सकका अनुसार अंग दान दुई प्रकारले गर्न सकिन्छ-जीवित दाताले गर्ने अंग दान र मृतकले गर्ने अंग दान। जीवित अवस्थामै कसैको ज्यान बचाउन एउटा मिर्गौला, कलेजोको केही खण्ड, फोक्सोको केही भाग लगायत अन्य दान गर्न सक्छन् ।

    त्यस्तै ब्रेन डेथपछि मुटु, आँखा, फोक्सो, प्यांक्रियाज, मिर्गौला, सानो आन्द्रा, कलेजो, छाला लगायत अन्य अंग दान गर्न सकिन्छ। २८ वैशाख २०७४ मा मस्तिष्क मृत्यु भएपछि अंग दान गर्ने प्रक्रिया भएतापनि (मस्तिष्क मृत्यु) पछि न्यून संख्यामा मात्रै अंग दान भएको छ ।

    युरोप, अमेरिकालगायत विकसित देशमा ८० प्रतिशतभन्दा बढी अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ ।

    नेपालमा सडक दुर्घटनामा परेर हरेक वर्ष दुई हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । दुर्घटनामा परेर मृत्यु भएकामध्ये झण्डै आधाको मस्तिष्क मृत्यु हुने अनुमान छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया