• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    छुट्टाछुट्टै दुर्घटनामा देशभर १० जनाको मृत्यु

    477
    SHARES



    काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा १० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोस्थित सडकमा बा.प्र.०६-००१ ज ०२९८ नम्बरको हाइस र बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा हाइसमा सवार ५ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गोरखा आरूघाट गाउँपालिका-१ मान्बु बस्ने ४२ वर्षीय राज बहादुर गुरूङसहित ५ जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ मुत्नी खोलास्थित सडकमा प्रदेश २-०३-१० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक रूपनी गाउँपालिका बस्ने २५ वर्षीय रामानन्द रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि घोपा धरानतर्फ पठाइएको छ ।

    यसैगरी सप्तरीकै कंचनरूप नगरपालिका-८ बेरियरचोकस्थित सडकमा बागमती प्रदेश-०१-००६ ख ५९४४ नम्बरको बसको ठक्करबाट पैदलयात्री अन्दाजी ३५ वर्षीय पुरूषको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी दाङको लमही नगरपालिका-४ अर्नवास्थित सडकमा रा.५ प ४३९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय नकुल सिंह ठकुरीको मृत्यु भएको छ । बिहीबार बिहान मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यसैगरी झापाको गौरीगंज गाउँपालिका-३ ठेकिटोलास्थित सडकमा मे.८ प ८८९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय रोशन मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    बर्दियाको बाँसगढी नगरपालिका-४ मटेरिया चोकस्थित सडकमा भे १ च ४६८ नम्बरको अटो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार बाँसगढी नगरपालिका-८ ककौरा बस्ने ५९ वर्षीय दीर्घ नारायण पंगेनीको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यलयले शुक्रबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया