• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    देशका ३० जिल्लामा फैलियो जापानिज इन्सेफ्लाइटिस, ८० जना संक्रमित

    468
    SHARES



    काठमाडौं । नेपालका ३० जिल्लामा जापानिज इन्सेफलाइटिस (जेई) को प्रकोप फैलिएको छ । जसकारण अहिलेसम्म ८० जना संक्रमित फेला परेका छन् ।

    परिवार कल्याण महाशाखाको अनुसार यसवर्ष जेई संक्रमणले १५ जिल्लाका २३ जनाको मृत्यु भएको छ ।  ९१५ शंकास्पद बिरामीको नमुना परीक्षण गरेको महाशाखाले जनाएको छ । यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै हुँदै आएको छ ।

    महाशाखाका अनुसार, संक्रमितमध्ये २८.७५ प्रतिशतको मृत्यु भएको छ । संक्रमितमा अधिकांश १५ वर्षमुनिका बालबालिका रहेको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए ।

    जापानिज इन्सेफ्लाइटिसबाट सबैभन्दा बढी प्रभावित जिल्ला कैलालीमा ३ जना संक्रममितको मृत्यु भइसकेको छ । कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई–दुई जनाको मृत्यु भएको छ । रुपन्देही, पाल्पा, चितवन, काठमाडौं, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक–एक जनाको मृत्यु भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया