• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अमेरिकाले थप्यो डीभी भर्ने समय, अब अन्तिम मिति कहिले ?

    474
    SHARES



    काठमाडौँ । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ ।

    नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको सोमबार एक सूचनामार्फत जानकारी गराएको हो ।

    आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ । जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने, पछिल्लो ६ महिनामा खिएको फोटो मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने उल्लेख छ ।

    दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने र आवेदन https://dvprogram.state.gov/ बाट मात्र भर्न सकिने स्पष्ट गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया