• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विश्वकै प्रदूषित सहर बन्यो दिल्ली, काठमाडौँ १८ औँ स्थानमा

    352
    SHARES



    काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ । वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ ।

    त्यसपछि पाकिस्तानको लाहोर रहेको छ । लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडान नै जारी गरेको समाचारमा उल्लेख छ। जसअनुसार नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ । लाहोरको एक्युआई २२० रहेको छ।

    यस्तै भारतको कलकत्ता तेस्रो स्थानमा रहँदा इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौ, चीनको वुहान प्रदुषित सहरको छैटौँ स्थानमा रहेका छन् ।

    यसैगरी भियतनामको होनाइ सातौ, यूएईको दुबई आठौँ, भारतको मुम्बई नवौँ, मंगोलियाको उलनबाटर दशौँ स्थानमा रहँदा काठमाडौँ पनि अठारौँ स्थानमा परेको छ ।

    तिहारमा पड्काइएको पटाकाका साथै घुलो धुवाका कारण काठमाडौँमा प्रदुषण बढेको बताइएको छ । काठमाडौँको प्रदुषण सूचक ११३ एक्युआई रहेको छ । काठमाडौँमा प्रदुषण अत्यधिक हुने भएपनि सरोकारवाला निकायले न्युनीकरणमा खासै पहल गरेको पाइँदैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया