खोटाङ । खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको थियो । भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युड रहेको भूकम्पमापन केन्द्रकले जनाएकाे छ ।
प्रतिक्रिया