• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दुर्घटनापछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा

    283
    SHARES



    विराटनगर। ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा भएको छ ।

    बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयले आज भन्सार कार्यालयमा ढुंगामुढा गरेका हुन् । तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको थियो ।

    विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो। ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन् । ट्रक चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन्।

    शुक्रबार बिहान आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए। ढुंगामुढाबाट भन्सारको गेट र भवनमा सामान्य क्षति पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया