• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सहकारी समितिमा प्रतिवेदनमाथि छलफल जारी

    1K
    SHARES



    काठमाडौं । सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रारम्भिक प्रतिवेदनमाथिको छलफल जारी राखेको छ ।

    शनिबारबाट प्रारम्भिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो । प्रतिवेदनमाथि समग्र छलफल गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको भनाइ छ।

    संसदीय समितिको सचिवालयले तयार पारेको प्रतिवेदनमा थपघट गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको तर्क छ । समिति सभापति सूर्य बहादुर थापा क्षेत्रीका अनुसार हालसम्ममा छानबिन कार्यको वित्तीय विश्लेषण प्रस्तुति गरिएको छ।

    यस्तै अनुसूची १ का २२ र अनुसूची २ का १० सहित बचत दुरुपयोगमा संलग्न भनी आरोपित ४० वटा खराब स्थितिका सहकारी संस्थाको वित्तीय स्वास्थ्य जाँच परीक्षण गरिएको वित्तीय विश्लेषण २ सय पृष्ठभन्दा लामो तयार भइसकेको छ । यसबारे पनि गहन छलफल भएको छ ।

    समितिको कार्यक्षेत्र समयको सीमा असोज ७ गते सकिँदै छ। समितिको तीन महिनाको समयावधि गत भदौ २३ गते सकिँदै थियो । तर सो समयमा प्रतिवेदन तयार गर्न कठिनाइ हुने भन्दै समितिले १५ दिन म्याद थप गरेको थियो ।

    समितिले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सल्लाह, सुझाव लिएको थियो । ओलीले सहकारी समस्या समाधानको बारेमा नेपाल सरकारको तर्फबाट महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको सभापति थापाको भनाइ छ ।

    ओलीले ठगीमा संलग्न दोषी जोसुकै भए पनि नउम्किने र निर्दोष नफस्ने गरी समितिले छानबिन गरी प्रतिवेदन प्रस्तुत गर्ने सुझाव दिएका थिए ।ओलीले व्यक्तिको अनुहार नहेरी तथ्य र व्यवहारको आधारमा निष्कर्षमा पुग्नसमेत सुझाव दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया