• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नागरिकतासम्बन्धी समस्या समाधान हुने गरी निर्देशिका परिमार्जन गर्छाैं : गृहमन्त्री लेखक

    1.2K
    SHARES



    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिकतासम्बन्धी समस्या समाधान हुने गरी निर्देशिका चाँडै परिमार्जन गर्ने बताएका छन् ।

    न्युज एजेन्सी नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको नागरिकतासम्बन्धी पीडितहरूको गुनासो सुनुवाइ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले नागरिकता सम्बन्धीका धेरै समस्या निर्देशिकाको कारणले उब्जिएकाले परिमार्जन गर्ने बताएका हुन् ।

    निर्देशिकाको कारणले नागरिकता लिन कोही छुट्न नहुने विषयमा आफू स्पष्ट रहेको उनको भनाई थियो । उनले प्रचलित संवैधानिक र कानुनी व्यवस्था तथा नियमावलीको व्यवस्था र सर्वोच्च अदालतले त्यस सम्बन्धमा दिएको फैसलाको आधारमा निर्देशिकालाई परिमार्जन गरेर अघि बढ्ने जिकिर गरे ।

    लेखकले भने, ‘नेपालको संविधानको नागरिकताको व्यवस्था, त्यस बमोजिम नेपालको नागरिकता ऐनको व्यवस्था, नागरिकता नियमावलीको व्यवस्थासँग सापेक्ष हुने गरेर, सङ्गति हुने गरेर र त्यसमाथि सम्मानित सर्वोच्च अदालतले गरेका पछिल्ला फैसलाहरू समेत समेटिने गरेर निर्देशिकालाई परिमार्जन गर्ने काममा म लाग्छु । अनि त्यसका लागि मैले साथीहरूसँग सल्लाह लिनुपर्‍यो भने सल्लाह लिउँला । हामी सबै मिलेर अब मैले फेरि शतप्रतिशत समस्याको २४ घण्टामा समाधान गर्छु भनेर मैले भनेको छैन है । मैले फेरि प्रस्ट भनिराखेको छु–निर्देशिकामा समस्या छ भन्ने कुरा आएको छ । निर्देशिकालाई पुनरावलोकन गर्ने, समीक्षा गर्ने र समयसापेक्ष परिमार्जन गर्ने गरी काम अगाडि बढाइनेछ । त्यसले कति प्रतिशत समस्यालाई सम्बोधन गर्छ हेरौँ । त्यसपछि बाँकी रहेको समस्यामा फेरि यसरी नै छलफल गरौँला । यो निर्देशिकालाई पुनरावलोकन, समीक्षा गर्ने कुराको बारेमा चाँडै तपाईँहरूले जानकारी हुने गरेर यसमा काम गर्छु ।’

    यता, पीडितहरूले भने सर्वोच्च अदालतको फैसला आफूहरूको पक्षमा हुँदा पनि आफूहरूले नागरिकता पाउन नसकेको गुनासो गरेका थिए । अधिवक्ता सविन श्रेष्ठले निर्देशिका परिमार्जन गरेर तत्काल पीडितहरूलाई नागरिकता वितरण गर्न गृहमन्त्री लेखकलाई सुझाव दिए । उनले सर्वोच्च अदालतले तत्काल नागरिकता दिनका लागि दिएको फैसला समेत कार्यान्वयनमा ल्याउने काम सरकारले नगरेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया