• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

    871
    SHARES



    काठमाडौँ । मन्त्रीमण्डललाई पूर्णता दिएसँगै मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्ययोजना मागेका प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । त्यसका लागि आज बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका छन् ।

    कार्यसम्पादन सम्झौता गर्न प्रधानमन्त्रीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएको एक मन्त्रीले जानकारी दिए । त्यसका लागि दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदरबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सुशासन र स्थिरताका लागि भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको दुई महिना पुग्न लागेको छ । तर सरकार र मन्त्रीहरूले जनसरोकारका विषयमा देखिने गरी काम गर्न नसकेको नागरिकको गुनासो कम हुन सकेको छैन ।

    मन्त्रीहरूले कार्ययोजना पेश गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया