• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नदीकिनारको थप २० मिटर छाड्नुपर्ने फैसलाविरुद्ध सरकार ‘भ्याकेट’मा जाने

    494
    SHARES



    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदाी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् ।

    उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले अदालतको आदेश व्यहारिक नदेखिएकाले पुनरावलोकनमा जाने बताएका हुन् । उनले स्थानीय जनता र सरोकार समूहका मुद्दा सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट पारे ।

    अदालतले जनताका पीरमर्कालाई बुुझ्ने र न्याय दिने उनले बताएका छन् । ओलीले अदालतको आदेशमा बदनियत नदेखिए पनि यसले जनतालाई असर पार्ने धारणा राखे। अदालतको अहिलेको आदेशपछि जनतालाई मुआब्जासमेत दिन सक्ने अवस्थामा राज्य नरहेको उनको भनाइ छ ।

    ओलीले सभ्यता र संस्कृतिलाई बिथोल्न अनेकथरी तत्वहरू लागेका हुन सक्ने भन्दै राष्ट्रिय एकता र अस्तित्व बलियो बनाउनुपर्ने बताएका छन् ।

    अदालतको फैसलाको पूर्ण पाठ आएपछि काठमाडौँ महानगरपालिकाका प्रमुखस्तरको गत साउन २४ गतेको निर्णयबाट नदी किनारबाट थप २० मिटरसम्म संरचना नबनाउन सूचना गरिएको थियो ।

    सङ्घर्ष समितिका संयोजक सुमन सायमीले अदालतको फैसला र सूचना कार्यान्वानमा जाँदा लाखौँ जनता विस्थापित हुने र सम्पतिको सुरक्षा नहुने भएकाले फैसलामा पुनरावलोकन गर्न र नगरप्रमुखको सूचना कार्यान्वयन नगर्न माग गरे ।

    उक्त फैसला गर्ने न्यायाधीशमाथि महाभियोग लगाउनसमेत समितिले माग गरेको छ । उपत्यकाबासी रैथाने समुदायमाथि न्यायालयबाट बारम्बार प्रहार भइरहेकोले यो सिलसिलाको अन्त्य हुनुपर्ने समितिले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ