काठमाडाैं । हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा भएको २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्यामा संलग्न मुख्य आरोपित पक्राउ परेका छन् । मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीका अनुसार हेटौंडा–४, कमलडाँडाका समीर खान पक्राउ परेका हुन् ।
उनका अनुसार, खानलाई भाग्न सहयोग गरेको आरोपमा यसअघि नै उनकी आमा ५५ वर्षकी सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुनलाई र ससुरा पर्सा वीरगञ्जका ५६ वर्षीया लालबाबु खाँ पठानसहित उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया