• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized समाचार

    पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर : मानव अधिकार आयोग माग

    302
    SHARES



    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ ।

    बिहीबार स्थानीय आइतराज केरुङको घरमा बम बिस्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको मृत्यु भएको थियो ।
    त्यस्तै १० वर्षीय पवन राई र ७ वर्षीय दिपसन राई घाइते भएका थिए भनि  आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी उक्त घटनाको कोशी प्रदेश कार्यालयले अनुगमन सुरु गरेको जानकारी प्रदान गरेकाे छ ।

    आयोगले उक्त बिस्फोट द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभावी छाडिएका विस्फोटक पदार्थ हुनसक्ने आशङ्का गरेको छ । आयोगले पटकपटक यस्ता विस्फोटक पद्धार्थ हटाउन र त्यसको प्रगति आयोगमा जानकारी गराउन सिफारिस गर्दा पनि यसरी बालबालिकाको ज्यान जानु दुःखद भएको पनि बताएको छ ।

    उक्त घटनाको निपपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले माग गरेको छ ।

    तेस्तै  जथाभावी छोडिएका यस्ता विष्फोटक पदार्थहरु निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई निर्देशन दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ