• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रिय योजना आयोगका सचिव ज्ञवालीले दिए राजीनामा

    268
    SHARES



    काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको हाे ।

    सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त नगर्ने सन्देश पुगेको थियो । उनी आगामी २२ भदौमा अवकाशमा जाँदै थिए । तर, सरकारले मुख्य सचिव बनाउने सम्भावितको सूचीमा उनी पहिलो दावेदार थिए ।

    तर, मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग भेटघाट गरेर मुख्यसचिवका लागि तयार रहन भनेका थिए । यो सन्देश पुगेलगत्तै ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाएका थिए ।

    स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो । गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ