• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वीर अस्पतालमा ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध हुँदा उपचारमा समस्या

    0.9K
    SHARES



    काठमाडौँ । वीर अस्पतालमा ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध हुँदा उपचारमा समस्या भएकाे छ । बुधबार बिहान करिब १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको हो ।

    दिनभर विद्युत् नहुँदा उपचारमा समस्या देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिनभरि जेनरेटरको प्रयोग गरिएकाले हाल १ घण्टामा १५ देखि २० पटक विद्युत् अवरोध भइरहेको छ । ‘करिब बिहान १०–११ बजेदेखि बत्ती छैन,’ स्रोतले भन्यो, ‘विद्युत् नहुँदा मोबाइलको बत्ती बालेर बिरामी जाँची रहेका छौँ ।’

    बिहानदेखि विद्युतीय उपकरण प्रयोग गरेर गरिने अधिकांश उपचार तथा चेकजाँच अवरुद्ध भएको छ । बिहानदेखि विद्युत् अवरुद्ध हुँदा पनि हालसम्म मर्मत हुन नसकेको स्रोतले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ