• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    कर्णालीका नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

    742
    SHARES



    काठमाडैँ। कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् ।आइतबार नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन् ।

    मन्त्रीका लागि उनीहरूको नाम शुक्रबार नै पठाइएपनि आन्तरिक तयारी नपुगेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले शपथ अगाडि बढाएका थिएनन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ