• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली रोचक-विचित्र समाचार

    अनुहारमा बसेको झिँगा मार्न खोज्दा गुम्याे एक पुरुषकाे दृष्टि

    5.2K
    SHARES



    काठमाडाैं । अनुहारमा बसेको झिँगा मार्न खोज्दा एक पुरुषले आँखाकाे दृष्टि गुमाउनु परेकाे छ । चीनको सेञ्झेन सहरका एक पुरुषसले अनुहारमा बसेको एउटा मसिनो खालको झिँगालाई हिर्काउँदा गक्भिर राेगकाे संक्रमण भएर आंखाकाे दृष्टि गुमाउनु परेकाे हाे ।

    याङचेङ इभिनिङ न्युजका अनुसार वु थरका एक पुरुषले अनुहारमा बसेको एउटा मसिनो खालको झिँगालाई हिर्काउँदा उनलाई डाक्टरहरूले समेत उपचार गर्न नसक्ने ब्याक्टेरियाको सङ्क्रमण भयो ।

    उनले आफ्नो टाउको वरिपरि भुन्भुनाएर अनुहारमा बसेको झिँगालाई मारेका थिए । उनले यसबारे केही सोचेका पनि थिएनन् । तर यो घटनाको एक घण्टापछि नै उनको आँखा रातो भएर सुन्नियो अनि दुख्न थाल्यो । पहिला त उनले यसलाई सिजनल आई फ्लु भन्ने सोचे । तर औषधि खाएर पनि आँखा ठीक भएन ।

    जब स्थिति खराब बन्दै गयो उनी नजिकैको अस्पतालमा जँचाउन गए । त्यतिबेलासम्म उनको बायाँ आँखाको दृष्टि पूरै गुमिसकेको थियो । आँखा वरिपरि घाउ बनेको थियो । जँचाएपछि उनले आफूलाई सिजनल आई फ्लु नभएर ब्याक्टेरियल इन्फेक्सन भएको थाहा पाए । यो सङ्क्रमण औषधिले निको पार्न नसक्ने भइसकेको थियो ।

    सङ्क्रमण मस्तिष्कसम्म नपुगोस् भनेर डाक्टरहरुले उनको बायाँ आँखाको डल्लै निकालेर फ्याँकिदिए । यतिबेला वुको कथा चीनको सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विज्ञहरूले अनुहारमा झिँगा बस्यो भने हात हल्लाएर यसलाई धपाउने कोसिस मात्रै गर्न भनेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ