काठमाडौँ । आज देशका विभिन्न क्षत्रमा भारि वर्षा हुने भएकाले सतर्क हरन बाढी पुर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । महाशाखाका अनुसार रामेछाप, काठमाडाैं, अछामालगायतका भुभागमा वर्षा हुने चेतावनि जारी गर्दै सतर्करहन आग्रह गरेकाे हाे ।
मंगलबार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।
यस्तै, आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव भने सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।
त्यसै गरी सङ्खुवासभा, सिन्धुली, रसुवा, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (ब.सु.पूर्व), गुल्मी, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, डोटी, डडेलधुरा, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
प्रतिक्रिया