काठमाडौं । पहिराेले नारायणगढ मुग्लिङ सडक अवरुद्ध भएको छ । मंगलबार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हाे ।
दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाइज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।
यस्ताै, अविरल वर्षाले पहिरो जाँदा बाजुराको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ ।
मार्तडी-कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने मानिस आवतजावतमा समेत समस्या भएको छ ।
प्रतिक्रिया