• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ६० किलो सुन तस्करीमा महरा र दीपेश पुनको संलग्नता देखिएन : सीआईबी प्रमुख ज्ञवाली

    1.2K
    SHARES



    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एवम् एआईजी श्यामलाल ज्ञवालीले सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनको संलग्नता नदेखिएको बताएका छन् ।

    सुन तस्करी प्रकरणकाे दोश्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमा सीआईबी प्रमुख ज्ञवालीले यस्तो बताएका हुन् ।

    उनले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर ३ हजार १ सय ९४.६६८ सुन तस्करी भएको जानकारी दिंदै भने, ‘भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दीपेश पुनको संलग्नता देखिएन’ ।

    ज्ञवालीले भेपबाट भएको सुन तस्करी र ६० किलो प्रकरण अलग अलग भएको बताए । ६० किलो प्रकरणमा महरा र पुन दुवैजनाको संलग्नता नदेखिएपछि उनीहरूको नाम उल्लेख नगरिएको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया