• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मधेशी र मुस्लिम किशोरीलाई लक्षित गरी नेपालगञ्जमा महिला क्याम्पस स्थापना

    853
    SHARES



    काठमाडाैं । बाँकेको नेपालगञ्जमा महिला क्याम्पस स्थापना भएको छ । विशेषगरी मधेशी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापना गरेको मङ्गलप्रसाद महिला कलेजमा अध्ययन गर्न आउनेहरूको आकर्षण बढेको छ ।

    ४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार महिला कलेजमा छात्रावासको व्यवस्थासमेत गरिएको छ । कलेजले अहिले बीबीएच, चार वर्षे बीएड र बीएससीका कक्षा सञ्चालन गर्दै आएको छ ।

    पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्यापन गराउँदै आएको प्रमुख कर्णले बताउनुभयो । एक सय ३० किशोरीले विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया