विराटनगर । पार्किङ क्षेत्रमा खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ । विराटनगर महानगरपालिका- ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेपछि विमानस्थलको उडान र अवतरण राेकिएकाेहो ।
पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुन: सुरु हुने विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले बताए ।
प्रतिक्रिया