काठमाण्डाैं । नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेकाे छ । राष्ट्रिय जनगणना २०७८ मा ७६.३ प्रतिशत रहेकाे साक्षरता दर भन्दा केही बढेर नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ ले नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेकाे देखाएको हाे ।
सर्वेक्षणले महिलाको तुलनामा पुरुषको साक्षरता दर माथि देखिन्छ । जसमा पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर हो ।
प्रतिक्रिया