• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मुद्दा चल्ने भएपछि प्रधानमन्त्री भेट्न पुगे मुख्यसचिव, केहीबेर कार्यालयमा बसेर बाहिरिए

    1.1K
    SHARES



    काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्याल र विकल पौडेलसहित कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ ।

    उक्त निर्णयका कारण कर्मचारीवृत्त तरंगित भएको छ । अख्तियारले शुक्रबार एक निर्णय गर्दै मुख्यसचिव अर्यालसहित उच्च पदस्थविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा विशेष अदालतमा लैजाने निर्णय गरेको थियो ।

    यस्तोमा मुख्यसचिव अर्याललाई मुद्दा विशेषमा पुग्नुअघि नै पदबाट बाहिरिन दबाब परेको छ । अर्यालविरुद्ध मुद्दा चलाउने निर्णय भइसकेको जानकारी अख्तियार प्रमुख प्रेमकुमार राईले शुक्रबार नै प्रधानमन्त्रीलाई दिइसकेका छन् । यस्तोमा प्रचण्डले मुख्यसचिव अर्याललाई बोलाएर करिब १ घण्टा छलफल गरेका छन् ।

    आइतबार बिहान प्रधानमन्त्रीले बोलाएर उनलाई पदबाट राजीनामा दिन सुझाएको स्रोतले जनाएको छ । मुद्दा चलिसकेपछि स्वत:निलम्बित हुनुभन्दा राजीनामा दिएर बाहिरिनु उचित हुने राय प्रधानमन्त्रीले अर्याललाई दिएका छन् ।

    प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर अर्याल सिंहदरबारस्थित कार्यालय पुगेका थिए । त्यसपछि उनी कार्यालयबाट बाहिरिएका छन् । अहिलेसम्म उनी कार्यालयमा नफर्किएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले बताए ।

    तत्कालीन अवस्थामा अर्याल ९ महिनासम्म सञ्चार सचिव रहेका थिए । त्यो ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच करिब ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

    त्यसबेला विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए । पौडेल कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो । यो प्रकरणमा पौडेल यसअघि नै अनुसन्धानमा तानिइसकेका छन् ।

    शुक्रबार बोर्डको निर्णयपछि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्रीलाई मुख्यसचिवमाथि अन्य मुद्दा चलाउने निर्णय भइसकेको जानकारी दिएका थिए। त्यसपछि मुख्यसचिव अर्याल निरन्तर कानूनी परामर्शमा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया