• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फरार मेयरले भने- सहकारीको बचतले सम्पत्ति जोडेका हौं, फिर्ता गर्न नगद छैन

    4.1K
    SHARES



    पोखरा । पोखरा र बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकमबाट समेत आफूले घर जग्गा जोडेको स्वीकार गरेका छन् । तर आफूसँग अहिले बचतकर्ताको रकम फिर्ता गर्न नगद नभएको उनले बताएका छन् ।

    बचतकर्ताले ठगीमा उजुरी दिएपछि गत जेठदेखि फरार रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् ।

    मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाट समेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम फिर्ता गर्ने चाहना दोहोर्‍याएका छन् ।

    गत जेठ ५ गतेदेखि फरार मेयर देवकुमारले मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए । फेरि मंगलबार घर र जग्गाको विवरणसमेत सार्वजनिक गर्दै सबै बचतकर्ताको जिम्मा लगाउन चाहेको उल्लेख गरेका छन् ।

    ‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका शेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बैंकहरुवाट समेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं’, आफू र श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको विवरण उल्लेख गर्दै नेपालीले भनेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया