• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखराको सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

    2.8K
    SHARES



    पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् ।

    उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो । बिहीवार दिउँसो पक्राउ परेका दर्लामीलाई कास्की ल्याउने तयारी भैरहेको छ । उनीसहित अध्यक्ष गितेन्द्रबाबु राई र थप १९ जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

    पक्राउ पुर्जी जारी भएपछि फरार रहेका दर्लामीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । ‘पक्राउ परिसक्नुभएको छ । काठमाडौँबाट पोखरा ल्याउन कास्की प्रहरी टोली गैरहेको छ,’ उनले भने, ‘उताबाट काठमाडौँको टोलीले हिँडाइसकेको छ । कास्की प्रहरीले बीच बाटोमा भेटेर पोखरा ल्याउँछ ।’

    पोखरा ल्याएपछि थप प्रक्रिया अघि बढाइने थापाले बताए । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।

    यस्तै, सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ ।

    आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका -२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

    पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । भोटखोला गाउँपालिका-२ च्याम्ताङबाट गएराति २ सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला-२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया