• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

    1K
    SHARES



    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे । ‘उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन ।

    मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भएको छ । यसको म खेद व्यक्त गर्दछु,’ उनले भने । गृहमन्त्री लेखकले बोल्दैगर्दा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।

    सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । पाण्डेले बोल्दैगर्दा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरे ।

    यद्यपि पाण्डेले आफ्ना कुरा राखिरहे । लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिइयो । लिङ्देन बोल्दा भने रास्वपाले अवरोध गरेन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ