• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राजतन्त्र कुनै हालतमा फर्कँदैन, जनताको जरासम्म फैलिएको एमाले हल्लिदैन- ओली

    2.2K
    SHARES



    सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने दाबी गरेका छन् । सिरहा बजारमा मंगलबार आयोजित एमालेको ११ औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले “राजतन्त्र फर्किन्छ भन्ने सपना अब तुहिसकेको बताए ।

    “राजतन्त्र फर्किन्छ भन्ने सपना अब तुहिसकेको छ,” ओलीले भने, “एमाले र काँग्रेसले संविधानको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिनेछ।”

    यस्तै उनले एमालेलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन्। उनले एमाले देशको जरासम्म पुगिसकेको पार्टी भएकाले जनताको बलमा पार्टी अझ सशक्त बन्दै गएको हुन्।

    एमाले देश र जनताको हितमा मात्र केन्द्रित रहेको बताए। “हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ, धुलो चटाउँछौँ भने पनि जनताको समर्थनले एमालेलाई हल्लाउन सकिँदैन,” उनले भने।

    अधिवेशनमा गुटबन्दी नगरी परिपक्व र सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले प्यानल बनाएर विरोधीलाई देखाउने संस्कृति आवश्यक नभएको बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ