• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    शिक्षक महासंघ आन्दोलनको समीक्षा बैठकमा, वार्ताबारे धारणा बनाउने

    418
    SHARES



    काठमाडौं । नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि काठमाडौमा आन्दोलन गरिरहेको महासंघले आन्दोलनको समीक्षासहित थप रणनीति तय गर्न बैठक बोलाएको हो ।

    ‘आन्दोलनको समीक्षा बैठकमा छौँ,’ आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । सरकारले फेरि वार्ताको लागि बोलाएपछि महासंघको बैठक बसेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक-कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई बोलाएको छ ।

    सरकारले वार्ताको मिति बुधबार भोलिको लागि तोकेको छ । वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरोकारवाला सरकारी पक्षसँग छलफल गरेपछि शिक्षकहरूलाई वार्ताको लागि पुनः बोलाएको हो ।

    यसपटक शिक्षकहरू वार्तामा सहभागी हुने विश्वास सरकारको छ । यसअघि दुई पटक बोलाएको वार्तालाई महासंघले अस्वीकार गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ