काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । राजावादीहरुले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो ।
सोही क्रममा धकेलाधकेल भएको हो । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ । यसैबीच राजावादीहरूलाई तीनकुनेबाट अघि बढ्न नदिन प्रहरीले नयाँबानेश्वरस्थित निजामती अस्पताल अगाडिको मूलसडकमै बार हालेको छ।
शुक्रबार एकै दिन राजावादी र नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले आन्दोलनका कार्यक्रम गर्ने भएपछि सम्भावित तनाव रोक्न प्रहरीले मूलसडकमै फलामे बार हालेको हो ।
प्रतिक्रिया