काठमाडौँ । काठमाडौँमा आज राजतन्त्र पक्षधरहरू र समाजवादी मोर्चाले फरक–फरक स्थानमा शक्ति प्रदर्शन गर्दैछन्।
दिउँसो तीनकुनेमा राजावादी समूहले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्नेछन्। दुवै पक्षले एकअर्काविरुद्ध आफ्नो शक्ति प्रदर्शन गर्न लागेको छ।
आन्दोलनलाई मध्यनजर गर्दै सुरक्षामा कडाइ गरिएको छ। काठमाडौँका विभिन्न स्थानमा प्रहरीले चेकिङ कडा बनाएको छ। त्रिपुरेश्वरदेखि रत्नपार्क जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा पनि सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ। सम्भावित झडप रोक्न सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।
समाजवादी मोर्चाले आजको प्रदर्शनमा १ लाख बढी समर्थक उतार्ने दाबी गरेको छ। दुवै पक्षका लागि यो प्रदर्शन शक्ति प्रदर्शनको अवसर बनेको छ। सुरक्षाका लागि व्यापक तयारी गरिएको छ, र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रहरी प्रशासनले विशेष रणनीति अपनाएको छ।
प्रतिक्रिया