• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मधेसमा तीन दिनसम्म निरन्तर होलीको उत्सव, सात स्थानीय तहमा आज विशेष उल्लास

    703
    SHARES



    महोत्तरी । मधेसमा यसपालि होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदै छ। फागुन पूर्णिमाका दिनदेखि सुरु भएको यो उल्लासमय पर्व विशेषगरी आज पनि केही स्थानहरूमा धुमधामका साथ मनाइँदै छ। महोत्तरीका सात स्थानीय तहमा आज होली विशेष कार्यक्रमसहित मनाउने तयारी गरिएको छ।

    मधेसमा होली मनाउने तीन फरक परम्परा रहिआएका छन्। पर्वते समुदायले फागुन पूर्णिमाकै दिन होली मनाउने चलन छ। त्यस्तै, पूर्णिमा सकिएपछि चैत शुक्ल प्रतिपदाका दिन धेरैजसो मधेसी समुदायले होली पर्व मनाउने गर्छन्। मैथिल परम्पराअनुसार भने मिथिला मध्यमा परिक्रमाका यात्रीहरूले अन्तर्गृह परिक्रमा गरेपछि भोलिपल्ट होली मनाउने प्रचलन छ।

    मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा, र भङ्गाहा गरी सात स्थानीय तहमा आज होली विशेष उल्लासका साथ मनाइँदै छ। मिथिला मध्यमा परिक्रमा सकिएपछि यी बस्तीहरूमा होली खेल्ने परम्परा रहेको छ। १५ दिने मध्यमा परिक्रमाका यात्रुहरूले अन्तिम दिन जनकपुरधाममा अन्तर्गृह परिक्रमा गरेपछि भोलिपल्ट यी स्थानहरूमा विशेष रूपमा होली मनाइन्छ।

    तीन दिनसम्म फरक-फरक परम्परागत मान्यताअनुसार मनाइने यो पर्व आपसी सद्भाव, भाइचाराको प्रतीक बनेको छ। मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार यो उल्लासमय पर्व मधेसको सांस्कृतिक पहिचानको एउटा महत्त्वपूर्ण अंश हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ