• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    महोत्तरीमा १० वर्षीया बालिकामाथि बलात्कारको आरोपमा सशस्त्रका सई पक्राउ

    1.7K
    SHARES



    महोत्तरी ।  महोत्तरी जिल्लाको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

    महोत्तरीका प्रहरी प्रमुख (एसपी) नकुल पोखरेलका अनुसार महतोले बिहान मर्निङ वाकमा गएका बेला अश्लील शब्द बोलेको र सोही विषयमा बालिकाका बुबाले सोधपुछ गर्न क्याम्पमा पुगेपछि विवाद चर्किएको थियो।

    स्थानीयवासी आक्रोशित भएपछि प्रहरी पोस्ट घेराउ गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले महतोलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ।

    घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयहरूले दोषीलाई कानुनी कारबाही गरी कडा सजायको माग गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ