• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पर्सामा मिटर ब्याज पीडितको आत्मदाह प्रयास, प्रहरीले गर्‍यो उद्धार

    241
    SHARES



    पर्सा । मिटर ब्याजको चपेटामा परेका एक पीडितले न्याय नपाएको भन्दै आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय, पर्सा अगाडि सोमबार दिउँसो करिब साढे १२ बजे बाराको पचरौता नगरपालिका–४ निवासी ६० वर्षीय बृजकिशोरप्रसाद साहले शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेका थिए।

    तर, प्रहरीको तत्कालको हस्तक्षेपले उनलाई बचाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। ‘साहले हातमा मुसा मार्ने विषादी लिएका थिए र शरीरमा पेट्रोल छर्किएका थिए। प्रहरीले समयमै थाहा पाएर उद्धार गरी नारायणी अस्पताल पु¥यायो, अहिले उनको अवस्था सामान्य छ,’ अर्यालले भने।

    साहले करिब एक लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए, तर सोको साटो उनले ६ लाख रुपैयाँ बराबरको जमिन पास गरिदिनुपरेको गुनासो गरेका छन्। ऋण चुक्ता गरेपछि जमिन फिर्ता माग्दा अस्वीकार गरिएपछि उनी मानसिक तनावमा परेको बताइएको छ।

    हाल जिल्ला प्रहरी कार्यालय, पर्साले घटनाको अनुसन्धान गरिरहेको छ। मिटर ब्याज पीडितहरूको न्यायका लागि सरकारले कडा कदम चाल्नुपर्ने माग फेरि उठ्न थालेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ