• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

    823
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक आजदेखि बस्दैछ।

    तीन दिनसम्म चल्ने केन्द्रीय समितिको आज बैठक ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरू हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभिायान’ को समीक्षा हुनेछ ।

    त्यस्तै बैठकमा पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए।

    त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए। आजको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले एजेन्डाहरू प्रस्तुत गर्नेछन्। ती एजेन्डाहरूमाथि केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन्।

    जसपा नेपालमा २०१ जना निर्वाचित र ४० जना मनोनीत गरी २४१ जना केन्द्रीय सदस्य छन्। बैठकमा आउने केन्द्रीय सदस्यहरूले तीन दिन काठमाडौं बस्न आफैले प्रबन्ध गर्न भनिएको बस्नेतले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ