• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेपछि….

    0.9K
    SHARES



    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि गम्भीर आरोप लगाएका छन् ।

    ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका हुन् । जेलेन्स्कीले ‘तानाशाह’ प्रमाणित हुने गरी व्यापक उपद्र मच्चाएको टिप्पणी ट्रम्पले गरेका छन् । उनले जेलन्स्कीमाथि चुनाव गर्न इन्कार गरेको आरोप समेत थोपरेका छन् ।

    फेब्रुअरी २०२२ मा रुसी आक्रमण पश्चात युक्रेनमा मार्शल ल अर्थात् सैन्य शासन लागू भएको छ । जसको अर्थ चुनाव निलम्बित हुनु हो ।

    जेलेन्स्कीले साउदीमा सम्पन्न अमेरिका–रुस वार्ता लगत्तै ट्रम्पमाथि रुसले बनाएको गलत सूचना घेराबन्दीमा परेको आरोप लगाएका थिए । जुन वार्तामा युक्रेनलाई सामेल गराइएको थिएन ।

    ट्रम्पले भने युक्रेन वार्ताअघि नै पनि सम्झौता गर्न सक्थ्यो, भनी प्रतिक्रिया दिएका छन् । यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत युद्ध अन्त्यको वार्ताका लागि युक्रेनलाई कसैले पनि बाहिर नराखेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ