• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रकृति मृत्यु प्रकरणको निष्पक्ष छानबीन गरी दोषिलाई कारवाही गर्न क्रान्तिकारीको माग 

    517
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल )क्रान्तिकारीले भारतको केआईआईटी कलेजमा अध्ययरत् २० वर्षीय नेपाली छात्रा प्रकृति लम्साल मृत्यु प्रकरणको स्वतन्त्र र निष्पक्ष छानबीन गरी दोषिलाई यथाशिघ्र कडा कानूनी कारवाही गर्न  माग गरेको छ ।

    संगठनका अध्यक्ष विरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै मृतक लम्साल र उनको परिवारलाई क्षतिपुर्ति सहित उचित न्यायको व्यवस्था गर्न समेत नेपाल सरकार र भारत सरकारसंग माग गरेका छन् ।

    लम्साललाई मर्न बाध्य पारेको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले केआईआईटी कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थीहरूको सुरक्षाको पूर्ण प्रत्याभुति कायम गर्न तथा सुरक्षित र भयरहित वातावरणमा अध्ययन गर्न पाउने व्यवस्था गर्न एवं तत्काल फर्किन चाहाने नेपाली विद्यार्थीलाई फर्किने वातावरण मिलाउन, नेपाल सरकार र भारत सरकार समक्ष जोडदार माग गरेका छन् ।

    ‘घटनाक्रमलाई हेर्दा सोही क्याम्पसमा अध्ययनरत एक भारतीय विद्यार्थीले निरन्तर दुर्व्यवहार गर्दै आउनु, त्यसबारे क्याम्पस प्रशासनसमक्ष पटकपटक उजुरी दिँदापनि प्रशासन मौन रहनु, क्याम्पसमै छात्रा लम्सालको शंकास्पद मृत्यु हुनु, कलेजको छात्रावासमा शव भेटिनु, घटनाको छानबीनको माग गर्दा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई क्याम्पस र छात्राबासबाट निकालिनु जस्ता घटनालाई हेर्दा लम्सालको आत्महत्या नभई क्याम्पस प्रशासनको मिलेमतोमा गरिएको हत्या हो भन्ने देखिन्छ।’ विज्ञप्तीमा भनिएको छ ।

    साथै नेपाल र विदेशका विभिन्न भागमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई लम्सालको न्यायको लागि आवाज बुलन्द गर्न र उक्त आन्दोलनमा ऐक्यवद्धता जनाउन सबै अन्तर्राष्ट्रिय विद्यार्थी समुदायलाई क्रान्तिकारीले आव्हान समेत गरेको छ । क्रान्तिकारीले मृतक लम्सालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल घरपरिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ