काठमाडौँ । आठौँ हिन्द महासागर सम्मेलन आजबाट ओमानको राजधानी मस्कटमा सुरु हुँदै छ । कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा मस्कट पुगेकी छिन् । उनलाई भारतीय समकक्षी डा एस जयशंकर र ओमनका विदेशमन्त्री बद्र बिन हमाद अल बुसैदीले स्वागत गरेका छन् ।
राणा बुसैदीको निमन्त्रणामा गत शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । भ्रमणका दौरान मन्त्री राणाले ‘विश्वको दक्षिणी भेगको आवाजलाई बुलन्द पार्ने’ सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
राणाले ओमानका विदेशमन्त्री र ऊर्जा तथा खनिजमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। यस अतिरिक्त आपसी सहयोगका क्षेत्रमा केही समझदारीपत्रमा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया