काठमाडौँ। नेपालका कम्युनिष्ट पार्टीहरुले आज जनयुद्ध दिवस मनाउदै छन् ।
उनीहरुले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएका छन् । दिवसको अवसरमा माओवादी केन्द्र आज केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
यस्तै नेकपा बहुमत, नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लगाएतका पार्टीहरुले पनि आ-आफ्नै तरिकाले जनयुद्ध दिवस मनाइरहेका छन् ।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
प्रतिक्रिया