• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सुनुवाइ समितिबाट न्यायपरिषद सदस्यमा खड्काको नाम अनुमोदन

    21
    SHARES



    काठमाडौँ । न्यायपरिषद्को सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

    आइतबारको बसेको सुनुवाई समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो ।

    समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइ आएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

    ‘सुनुवाइ समितिको बैठकले न्यायपरिषद्को सदस्यको कार्ययोजनामा समितिले आफ्ना अवधारणा सुनेर सदस्यहरूले जिज्ञासा राख्नुभयो । त्यसमा पनि प्रस्ट भइसकेपछि समितिले अनुमोदन गर्ने निर्णय गरेको हो,’ सभापति न्यौपानेको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ