• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौंको न्यूनतम तापक्रम स्थिर

    52
    SHARES



    काठमाडौँ । काठमाडौंको न्यूनतम तापक्रम सोमबार स्थिर छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।

    आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस नै मापन भएको थियो। आइतबार दिनभर बदली हुँदा काठमाडौंमा अरू दिनको तुलनामा चिसो महशुस भएको थियो।

    आज भने काठमाडौंको आकाश खुलेर घाम लाग्ने मौसमविद गोविन्द झाले जानकारी दिए। दिउँसो केहीबेर बदली हुने त्यसपछि खुलेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् झालेबताए ।

    आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ। एक सातमा कति घटबढ भयो काठमाडौंको न्यूनतम तापक्रम?

    गत सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि मंगलबार ७, बुधबार ६.३, बिहीबार ४.५, शुक्रबार ४.६ र शनिबार ५.७ र आइतबार ५ डिग्री सेल्सियस मापन भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया