• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ओनसरी घर्तीले गरिन् माओवादी बैठकमा विशेष महाधिवेशनको माग

    125
    SHARES



    काठमाडौं । पूर्वसभामुख समेत रहेकी माओवादी नेत्री ओनसरी घर्तीले विशेष महाधिवेशनको माग गरेकी छन् ।

    काठमाडौंको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेत्री घर्तीले विशेष महाधिवेशनबाट नयाँ विचारसहित पार्टी अघि बढ्नुपर्ने बताएकी हुन् ।

    पार्टीभित्र विचारको बहसको मोर्चा खोल्नुपर्ने बताएकी उनले पार्टीको भावी नेतृत्वको सवालमा पनि त्यही बहस र छलफलले अल गर्ने धारणा राखिन् ।

    विशेष महाधिवेशनको माग गरेकी घर्तीले वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्न पनि माग गरिन् । पार्टीको जिम्मेवारीमा रहेका अधिकांशमा बिचलन र स्खलन आएको भन्दै उनले त्यो कसैमा बढी र कसैमा कम देखा परेको जिकिर गरिन् ।

    अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनले हलचल ल्याउने बताउँदै उनले उत्पीडित वर्गको दृष्टिकोणबाट प्रतिवेदन सही भएको धारणा व्यक्त गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ