• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फोहोर व्यवस्थापन समितिको बैठकमा बालेन अनुपस्थित

    28
    SHARES



    काठमाडौं । फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक शहरी विकास मन्त्रालयमा बसिरहेको छ ।

    शहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु छन् ।

    यसैगरी धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी छन् । बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन भने उपस्थित छैनन् । काठमाडौं महानगरबाट प्रमुख कार्यकारी सहभागी छन् ।

    बैठकमा हालसम्म भएका निर्णयहरुको समीक्षाका साथै बञ्चरेडाँडा ल्याण्डफिल साइटको हालको अवस्थाको छलफल र समाधानका उपायबारे छफलल गर्ने मुख्य एजेण्डा छ । तेस्रो एजेण्डा काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन समस्या समाधानका लागि भावी कार्यदिशा समेत छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया