• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ।

    केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो।

    साथै मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने पनि निर्णय केन्द्रीय समितिले गरेको छ।

    बैठकले पूर्वसभामुख ढुंगानाको निधनमा गहिरो दु:ख व्यक्तसमेत गरेको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ढुंगानाको आइतबार दिउँसो निधन भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ