• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    उपनिर्वाचन : जसपा नेपालबाट दुई जना तेस्रोलिङ्गी उम्मेदवार

    121
    SHARES



    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको उपनिर्वाचनमा दुईजना तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने भएको छ ।

    सो पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुखमा हनि महर्जन र वडा नम्बर ४ को वडाध्यक्ष पदमा मौनी महर्जनलाई उम्मेनवार बनाउने निर्णय गरेको हो । यी दुबै प्रस्तावित उम्मेदवार तेस्रो लिङ्गी हुन्‌ ।

    यी उम्मेदवारलाई जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र प्रदान गरेको छ । हनि महर्जन तेस्रो लिङ्गी एवम्‌ कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हुन्‌ । मौनी महर्जन पनि सोही संस्थाका स्वयम्‌सेवक हुन्‌ ।

    हनी स्थानीय टुरिस्ट गाइड पनि हुन्‌ । मौनी तेस्रो लिङ्गी मोडलको रूपमा परिचित छन्‌ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया