• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सरकार नसुध्रिए सडकदेखि संसद्‌सम्मै प्रतिरोध गर्ने प्रचण्डको चेतावनी

    204
    SHARES



    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थीलगायतका विभिन्न काण्डका मुद्दाहरू सवालमा सरकारलाई गम्भीर चुनौती दिएका छन्‌ ।

    सरकार नसुध्रिए सडकदेखि संसद्‌सम्मै प्रतिरोध गर्ने चेतावनी प्रचण्डले दिएका हुन्‌ । शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिरलगायत काण्डबारे प्रश्न गरेका हुन् ।

    ‘प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किन भने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो,’ प्रचण्डले भने ।

    आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सत्ता पक्षीय दलका नेताहरूलाई सच्चिन सुझाव दिए ।

    ‘नत्र संसद् र सडकमा तपाईंहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ । जसको तपाईंहरूले कल्पना गर्नुभएको छैन,’प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ । यो हर्कत सरकारका लागि महँगो पर्ने छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया