• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौंमा फेरि सुरु भयो ‘नो हर्न’ अभियान

    237
    SHARES



    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’ अभियान सुरू गरेको छ।

    अनावश्यक रूपमा हर्न बजाउने बढेको भन्दै कार्यालयले पुन: अभियान थालेको हो। पछिल्लो केही दिन यता काठमाडौंका चोक-चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ला कार्ड’ सहित ट्राफिक प्रहरी खटिएका छन्।

    उनीहरूले सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेका छन्। काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो।

    ‘नो हर्न’ लाई अभियानकै रुपमा संचालन गर्दै जनचेतनामूलक गोष्ठी, कार्यक्रम, सचेतनामूलक पर्चा पम्प्लेट वितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरी हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो।

    सुरूवाती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमश: हर्नको प्रयोगमा केही वृद्धि भए पछि अहिले ट्राफिक प्रहरीले कडाइ गर्न थालेको हो।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा बजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ।

    अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनी प्रदुषणलाई कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।

    काठमाडौं उपत्यकामा गुड्ने करिब १५ लाख सवारी साधनहरूबाट निस्किने धुँवासँगै ध्वनीको प्रदुषणको कारण जनस्वास्थ्यमा ठूलो असर गरेको छ जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डिआइजी बोहराले बताए।

    गत आ.व.०८०/८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। यस वर्ष मात्र १३ हजार तीन सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

    कात्तिक १ गतेदेखि ट्राफिक प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै चोक जक्सनमा नो हर्न प्ले कार्ड सहित सचेतना अभिबृद्धि गर्ने कार्य गर्दै आएको छ। त्यस यता ९६६ जना अनावश्यक हर्नको प्रयोग गरेको कसुरमा कारबाही गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया