• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बिपी राजमार्गमा आजदेखि चौबिसै घण्टा खुला

    58
    SHARES



    काठमाडौँ । बिपी राजमार्गको धुलिखेलदेखि भकुन्डेबेसीसम्म आजदेखि चौबिसै घण्टा सवारी साधन चलाउन पाइने भएको छ।

    सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै आजदेखि चौबिसै घण्टा धुलिखेल-भकुण्डेबेसी सडकखण्डमा सवारी साधन चलाउन पाइने बताएको हो।

    असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोका कारण बिपी राजमार्गमा अवरोध आएकाले असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन बन्द गरिएको थियो। आजदेखि सोही अवधिमा पनि सवारी साधन चलाउन पाउने सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इन्जिनियर सुमनराज बस्नेतले जानकारी दिए।

    ‘बिपी राजमार्गमा सबै अवरोध हटेका छैनन्, त्यसैले अहिले भकुन्डेबेसीसम्म खुलेका हौं, विस्तारै बढाउँदै लैजान्छौं,’ उनले भने । बिपी राजमार्गमा सुख्खा पहिरोले अवरोधहरू अझै पूर्ण रूपमा नहटेको उनले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया