• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दिल्लीबाट काठमाडौं आएको जहाजमा बम भेटिएन, उडान–अवतरण पुनः सुरु

    29
    SHARES



    काठमाडौँ । दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ ।

    भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले बताइन् । अहिलेसम्म त्यस्तो केहि फेला नपरेको र एकपटक फेरि तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँच भइरहेकाे उनले जानकारी दिइन् ।

    विमानमा सवार १५७ यात्रुले चेकजाँच पछि आफ्नो ब्यागेज जिम्मा लिएका छन् । दिल्लीबाट उडेको विमान दिउँसो ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

    अवतरण हुनुअघि नै विमानको सुरक्षा हेर्ने जिम्मेवारी व्यक्तिले बम राखिएको सूचना दिएपछि आइकाओको मापदण्ड अनुसार सर्च गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    पुन: उडान सुचारु 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण पुनः सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले भिस्टाराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो (ट्याक्सिङ) रोकिएको छ ।

    वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको उनले जानकारी दिए ।

    भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने छ । त्यसपछि शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ, भने नभेटिए ‘फेक कल’ घोषित गरी यो जहाजलाई उडानका लागि रिलिज गरिने उनले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया