• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी, रास्वपाले कार्यकर्तालाई बोलायो केन्द्रीय कार्यालय

    1.6K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्‌ ।

    जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहकाे इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।

    गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले पक्राउ गरिसकेको छ । जोशीलाई जरुरी पक्राउ पुर्जी थमाउँदै प्रहरीले पक्राउ गरेको थियो ।

    रविलाई पनि जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गर्न सकिने नेपाल प्रहरीका अधिकृतहरूले बताएका छन्‌ ।

    रास्वपाले आकस्मिक बोलायो उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालय 

    यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पुगेपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।

    रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी खटाइएको सूचना सुनेपछि पार्टी कार्यालयमा कार्यकर्ता भेला हुन थालेका हुन् । अहिले रास्वपा कार्यालयमा च:मतीमा कार्यकर्ता जम्मा भइरहेका छन् ।

    रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

    रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।

    रास्वपाले म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ । सहकारी ठगी प्रकरणमा आफ्ना सभापति मुछिएको बारे चाहिँ रास्वपाले बोलेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ